काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिब डेढ घण्टा आइतबार भेट भएको छ। बालुवाटारले नियमित भनेको यो भेटमा मुख्यतः मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री ओली साँझ ७ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए। प्रधानमन्त्री ओली करिब साढे ८ बजे त्यहाँबाट निस्किएका थिए।
आफ्नो नेतृत्वको सरकार अल्पमतमा पर्न सक्ने र नयाँ सरकारका लागि विभिन्न दलहरुबीच छलफल चलिरहेका बेला ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।



लोकपाटी न्यूज

