काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ। आइतबारदेखि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा आइतबार (हिजो) प्रस्तुत ६ वटा एजेण्डामा नै केन्द्रित रहेर छलफल हुने नेताहरुले बताएका छन्।आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए भने सात प्रदेशका नेताहरुले प्रदेशको रिपोटिङ गरेका थिए।
माओवादी केन्द्रले नाम फेर्ने लगायतका विविध एजेण्डामा छलफल गरिरहेको छ। सर्वोच्चको फैसालले पार्टी अलग भए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।
प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गरेर अविश्वासको प्रस्ताव ल्याउने पक्षमा माओवादी छ। आजै यी तीन दलबीच सत्ता समिकरणका विषयमा छलफल पनि हुँदैछ।



लोकपाटी न्यूज

