साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।



लोकपाटी न्यूज
