नरैनापुरका आगलागी पिडितलाई आर्थिक सहयोग

लोकपाटी न्यूज

काठमाडौँ। बांके क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथक ले आगलागी पिडितलाई आर्थिक सहयोग गरेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको नरैनापुर गा पा वार्ड नं १ सुइयामा भएको आगलागी भएको क्षेत्रका स्थलगत निरिक्षण पनि गरे।

निरिक्षण पस्चात आगलागी पिडित २२ परिवारलाई जनही ५ हजारको दरले व्यक्तिगत तर्फबाट १ लाख १० हजार रुपैया सहयोग गरेका छन्।उनले राहत हस्तारण गर्दै पिडित परिवारलाई तत्काल सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि तत्काल आवश्यक सामाग्री उपलब्ध गराउन पहल गर्ने प्रतिवद्दता समेत ब्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्