जनकल्याण वहुउदेश्यीय सहकारीद्धारा रक्तदान कार्यक्रम : २५ पोइन्ट रगत संकलन

pic
लोकपाटी न्यूज

रमेश भुसाल/ सुनवल, २९ फागुन। जनकल्याण वहुउदेश्यीय सहकारी संस्था लिमिटेड सुनवल ६ विसासयद्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सर्वाङ्गिण विकास मञ्च सहअयोजक रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला र सुनवल उपशाखाको प्राविधिक सहयोग रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत समाजिक सेवा उपसमितका संयोजक तथा कार्यकक्रमका अध्यक्ष हिमलाल चापागाईले जानकारी दिए।

रक्तदान कार्यक्रमलाई उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति कृष्ण लामिछानेले रगत दान जिवनदान भएको र दान भन्दा अरु विकल्प नभएको अवस्थामा जनकल्याणले समय समयमा रक्तदान कार्यक्रम गर्नु सराहनिय रहेको बताए।

रक्तदान कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष राम प्रसाद लामा, नेपाल रेडक्रस सोसाइटी सुनवल उपशाखाका सभापति गोपाल शर्मा, जनकल्याण वहुउदेश्य सहकारी संस्था लि. का सल्लाहाकार रुक्मागत वस्याल, सर्वाङ्गिण कृषि सहकारीका उपाध्यक्ष रुद्रनाथ लामिछाने, लघु उद्यम सहकारी संस्थाका अध्यक्ष नर वहादुर खड्का , सर्वाङ्गिण विकास मञ्चका अध्यक्ष विकास शाहि लगाएत जनकल्याण वहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष थान प्रसाद गैरे, उपाध्यक्ष पदम प्रसाद काफ्ले लगाएत पदाधिकारीहरु र रक्तदाता साथै समाजसेविहरुको उपस्थीति रहेको संस्थाका सचिव ओमकान्त तिमिल्सीनाले जानकारी दिए।

सहकारीका विभिन्न उपसमितिहरुले समाजिक सेवाभावका उद्देश्यले विभिन्नि सहकारी शिक्षा, स्वास्थ्य, सरसफाई लगाएत समाजिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको संस्थाका अध्यक्ष थान प्रसाद गैरेल बताए। रक्तदान कार्यक्रममा २५ पोइन्ट रगत संकलन भएको सहकारीका व्यावस्थापक दिनेशनाथ कवंरले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्