काठमाण्डाैँ। नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमबारे असन्तुष्टी जनाएका छन्। प्रधानमन्त्री अोलीले शुक्रबार आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णय गरेका थिए।
उनले माधव नेपाल पक्षका नेताहरको सबै पद खोसेका थिए। प्रधानमन्त्री अोलीले नेपाल पक्षका पाँच वटा प्रदेश इञ्चार्ज परिवर्तन गरेर आफू निकट नेताहरुलाई बनाएपछि नेता गौतमले असन्तुष्टी जनाएका हुन्।
प्रधानमन्त्री अोलीले नेकपा एमालेमा महासचिव बाहेकका सबै पद खारेज गरेका थिए। पद खारेज हुनुअघि गौतम एमालेको उपाध्यक्ष थिए । तर, उनको उपाध्यक्ष पद पनि खारेज भइसकेको छ । सोही विषयमा असन्तुष्टी व्यक्त गर्दै उनले केपी ओलीसँग जाने सम्भावना समाप्त भएको घोषणा गरेको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिए।
नेता गौतमले प्रधानमन्त्री ओलीले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले अहिले ओलीले जे बोल्यो त्यही कानुन हुने अवस्था सिर्जना भएकोसमेत बताए। ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’, उनले भने।



लोकपाटी न्यूज

