घनश्याम भुसाल भन्छन :केपी ओलीजस्तो तानशाह अहिलेसम्म जन्मिएका छैनन्

लोकपाटी न्यूज

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय कुनै हालतमा मान्य नहुने प्रतिक्रिया दिएका छन्।

महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने ओलीको निर्णय नमान्ने बताएका हुन्। माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भएको बताउदै उनले सो निर्णय नमान्ने बताएका हुन्।

भुसालले केपी ओलीजस्तो तानशाह नेपालमा अहिलेसम्म नजन्मिएको पनि बताए। ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा तानशाहहरुले यस्तै हर्कद देखाउने गरेको स्मरण गर्दै उनले नेपालमा केपी ओलीजस्तो तानशाह अहिलेसम्म नजन्मिएको बताए।

महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भएको उनले बताएका छन्। ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाएपछि उनले यस्ता प्रतिक्रिया दिएका हुन्।

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले दुई तिहाईको बहुमत र पार्टी एकता सकेर मात्रै नपुगेर नेकपा एमाले नै सक्याउनतिर लागेको बताए। एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको भन्दै उनले त्यसलाई संगठित गरेर परास्त गरिने बताए।