काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संघियता विरोधी र प्रतिगमनकारी शक्तिहरुसँग सहकार्य हुन नसक्ने बताएका छन्। शुक्रबार बसेको संसदीय दलको बैठकपछि उनले प्रतिगमनकारी शक्ति, लोकतन्त्र, संघीयता र गणतन्त्रविरोधी कुनै शक्तिसँग राजनीतिक सहकार्य हुन नसक्ने बताएका हुन्।
त्यो शक्ति भनेको केपी शर्मा ओली भएको भन्दै उनले अब संघियता पक्षधर शक्तिहरु मिलेर नयाँ सरकार गठन गरिने बताए। संघीयता पक्षधर, लोकतन्त्र पक्षधर र गणतन्त्र पक्षधर शक्तिहरू बीच सहकार्य र समन्वय गरेर मुलुकलाई निकास दिने पक्षमा आफूहरू रहेको उनले बताए।बैठकपछि प्रतिक्रिया दिदै अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले समेत अवैधानिक ठहर गरिसकेको अवस्थामा संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नुपर्ने बताए।



लोकपाटी न्यूज

