बंगलादेश जादै राष्ट्रपति

bidhyadevi bhandari
लोकपाटी न्यूज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाने भएकी छिन् । उनी आगामी चैतको दोस्रो साता बंगलादेश जाने बताइएको छ।

उनी बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ जान लागेकी हुन्।

जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा निमन्त्रणा आएपछि राष्ट्रपति भण्डारीले दुई दिने बंगलादेशको भ्रमणमा जान लागेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्