काठमाडौं। बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। बुधबार पनि सोही दरमा सुनको भाउ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रति तोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यसको मूल्य ८६ हजार दुई सय रुपैयाँ प्रति तोला पुगेको थियो।
चाँदी तोलामै १५ रुपैयाँ महँगिएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रति तोला एक हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रति तोला एक हजार २ सय ७० रुपैयाँमा कारोबार भएकाे थियो।



लोकपाटी न्यूज
