इन्स्टाग्राम लाइट सार्वजनिक

लोकपाटी न्यूज

काठमाडौं। इन्स्टाग्राम लाइट भर्जनमा सार्वजनिक भएकाे छ, याे नेपाल सहित विश्वि‍का १७० देशमा फेसबुकले इन्स्टाग्राम लाइट सार्वजनिक गरिएकाे हाे।अब इन्स्टाग्राम कम स्पिडको इन्टरनेट तथा डेटामा चलाउन सकिन्छ। यसलाई टुजी तथा थ्रीजी फोनमा समेत सजिलै प्रयोग गर्न सकिने बताइएकाे छ। हालका लागि लाइट भर्जनकाे एप एन्ड्रोइड स्मार्टफोनका लागि सार्वजनिक गरिएको हो। यसको साइज जम्मा दुई एमबी मात्र छ।

यदि तपाइकाे स्मार्ट फाेनमा थोरै स्पेस भएमा वा हाई स्पिड इन्टरनेट छैन भने इन्स्टाग्राम लाइट प्रयोग गर्न सकिन्छ। इन्स्टाग्रामको लाइट भर्सन एसिया, ल्याटिन अमेरिका, अफ्रिका सहितका १७० देशमा सार्वजनिक गरिएको हो। त्यसो त यी देशहरुमा अझै ठूलो संख्यामा रहेका प्रयोगकर्तासँग स्मार्टफोन छैन, जसमा उच्च गतिको इन्टरनेट चल्न सकोस् । नेपालमै हेर्ने हो भने पनि करिब ४० प्रतिशत मोबाइल प्रयोगकर्तासँग स्मार्टफोन छैन।

यस्तोमा टुजी वा थ्रीजी इन्टरनेट चल्ने मोबाइलहरु नै त्यस्ता प्रयोगकर्ताका भरोसा हुन्छन्। साथै नेपालमा यस्ता धेरै ठाउँ छन्, जहाँ फोरजी त के थ्रीजी पनि राम्रोसँग चल्दैन। यस्तोमा प्रयोगकर्ताका लागि फेसबुकले यस अघि नै फेसबुक लाइट ल्याइसकेको छ। अब त्यसैमा कम्पनीले आफ्नो अर्को एप इन्स्टाग्रामको पनि लाइट भर्सनमा सार्वजनिक गरेको हो।

जसलाई तपाईंले कम डेटा खपत हुनेगरी वा स्लो इन्टरनेट भएको अवस्थामा पनि सहजै चलाउन सक्नुहुन्छ। अहिले तपाईं इन्स्टाग्रामको नियमित भर्सन प्रयोग गर्नुहुन्छ भने त्यसका लागि ३० एमबी स्पेस आवश्यक पर्छ। यदि इन्टरनेट स्पिड राम्रो छैन भने यो भर्सनमा रेस्पोन्स समेत राम्रो पाउन सकिँदैन। अर्थात पेज राम्रोसँग खुल्दैन र फोटो तथा भिडियो राम्रोसँग हेर्न सकिँदेन।

तर यस किसिमको कठिनाइबाट पार पाउन सकिने समाधान अब आइसकेको छ। जसमा प्रयोगकर्ताले स्लो इन्टरनेटमा समेत इन्स्टाग्राम टिभी हर्नुका साथै रिल्स समेत बनाउन र फोटो तथा भिडियो अपलोड गर्न सक्नेछन्। इन्स्टाग्राम लाइटमा यसको नियमित भर्सनमा रहेका करिब सबै मुख्य फिचर दिइएको छ। आउँदा दिनमा कम्पनीले विश्वका सबै देशका प्रयोगकर्ताका लागि एन्ड्रोइडका साथै आईओएसमा समेत इन्स्टाग्राम लाइट ल्याउनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्