प्रदेश प्रमुख झाले फिर्ता गरे दुई विधेयक

लोकपाटी न्यूज

जनकपुर। प्रदेश २ प्रमुख राजेश झाले प्रदेश सरकारबाट पेश भएका दुई अध्यादेश फिर्ता गरिदिएका छन्। स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदकसम्बन्धमा व्यवस्था गर्न विधेयक प्रदेश प्रमुख झाले फिर्ता गरेका हुन्।

प्रदेश सरकारले दुवै विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख झासमक्ष पठाएको थियाे। स्वास्थ्यसम्बन्धी विधेयकमा मातृत्व सुरक्षालगायतका विषयवस्तु नसमेटिएको भन्दै परिमार्जन गर्न झाले सुझाव दिएका छन्।

यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा किसानलगायतकालाई पदक दिने व्यवस्था नगरिएको भन्दै विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

प्रदेशभित्र विशिष्ठ योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले कानुन बनाएको थियो। सरकारले चालु आर्थिक वर्षमा पदक वितरणका लागि करिब १० लाख रुपैयाँ विनियोजनसमेत गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्