काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नबिल बैंक र अरुण कावेली पावरको बोनस शेयर सूचीकृत भएको छ।
बुधवार नबिल बैंकको ३३ दशमलव ५० प्रतिशत बोनस शेयर वापतको ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता र अरुण कावेली पावरको ५ दशमलव ७१ प्रतिशत बोनस शेयर वापतको ८ लाख ५६ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो।
आइतवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन्।



लोकपाटी न्यूज
