काठमाडौं। नेकपा माओवादी केन्द्रले कार्यदल गठन गरेको छ। संगठनात्मक संरचनाबारे गृहकार्य गर्न माओवादी केन्द्रले कार्यदल गठन गरेको हो। बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन्। कार्यदलले अहिलेको अवस्था के छ र अब के गर्ने भन्ने विषयमा सुझाव दिनेछ।प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ११ गते सर्वोच्चको फैसला पछि राजीनामा दिनुपर्ने भए पनि नदिएपछि अन्य दलसँग सहकार्य गरेर निर्णय लिने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
संसद अब दुई वर्ष चल्नुपर्ने भएकाले आफूहरुले हतारमा निर्णय नगरेको श्रेष्ठले बताए। नेपाली कांग्रेस र जनता समाजवादी दलसँगको छलफलपछि सरकारलाई दिएको समर्थन पनि फिर्ता लिँदै नयाँ सरकारको लागि पहल गर्ने श्रेष्ठले बताए।



लोकपाटी न्यूज

