संसद बैंठक सुरु नहुँदै बाहिरिए प्रधानान्त्री

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छ। बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले हात मात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’ संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन्।

यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए। बुधबारको संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची छ।

उनी समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन्। बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन्।

२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए। उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए। संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन्।