काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले आजै सपथ तथा पदभार ग्रहण गर्ने भएका छन्। राष्ट्र बैंकका अनुसार बुधबार ४ बजे नव नियुक्त डेपुटी गभर्नरले सपथ तथा पदभार ग्रहण गर्ने कार्यक्रम छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले दुबै जनालाई डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो। ढुगाना यसअघि राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभाग र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र तिम्सिनालाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियाे। आज अपराह्न साढे ४ बजे शपथग्रहण कार्यक्रम राखिएको र त्यसलगत्तै उनीहरुले कार्यभार ग्रहण गर्ने पोखरेलले बताए। डेपुटी गभर्नरले गभर्नरसमक्ष शपथग्रहण गरेर कार्यभार ग्रहण गर्नुपर्ने हुन्छ। डेपुटी गभर्नरमा नियुक्त ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभागका प्रमुख र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख थिए।
डेपुटी गभर्नरमा नियुक्ति हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनका क्षेत्रमा कार्य अनभुव हासिल गरेको हुनुपर्ने व्यवस्था ऐनमा छ ।
डेपुटी गभर्नरमा नियुक्त भएको व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिने ऐनमा उल्लेख छ।
गभर्नरको सिफारिशका आधारमा अर्थ मन्त्रालयले मंगलवार बसेको मन्त्रिपरिषद्मा डेपुटी गभर्नरको उक्त नामावली प्रस्तुत गरेको थियो। गभर्नरले सिफारिश गरेका नामलाई अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश गरेका थिए। यसअघिका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराजले श्रेष्ठ फागुन १८ गते ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएसँगै उक्त पद रिक्त थियो।



लोकपाटी न्यूज
