राप्रपाले गर्‍यो ५ प्रदेशका अध्यक्ष र उपाध्यक्ष मनोनयन, कहाँ को ?

Raprapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाँच प्रदेशमा अध्यक्ष र उपाध्यक्ष नियुक्ति गरेको छ। पार्टीको अन्तरिम विधान अनुसार राप्रपाको अध्यक्षत्रयले प्रदेश अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेका हुन्।

बुधबार एक विज्ञप्ति जारी गरेर राप्रपाले प्रदेश १, २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको जानकारी दिएको हो। जसअनुसार प्रदेश १ मा अध्यक्ष रामकुमार थापा, उपाध्यक्ष सगुनसुन्दर लावती, प्रदेश २ मा अध्यक्ष रामचन्द्र राय, उपाध्यक्ष महेशलाल महासेठ, गण्डकी प्रदेशमा अध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष महेश्वर रोक्का मनोनीत भएका छन्।

त्यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय अध्यक्ष, कैलाश गुरुङ उपाध्यक्ष र कर्णाली प्रदेशमा दीपबहादुर शाही अध्यक्ष र उपाध्यक्षमा जनकसिंह ठकुरीलाई मनोनयन गरिएको राप्रपा केन्द्रीय सचिवालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीका त्रय अध्यक्षबाट पार्टीको विधान बमोजिम प्रदेश कार्य समितिका अध्यक्ष र उपाध्यक्षमा निम्नानुसार मनोनयन गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ। बाँकी दुई प्रदेशको पनि छिट्टै मनोनयन हुने नेता श्रेष्ठले बताएका छन्।