सुनको भाउ फेरी ६ सयले बृद्धि

gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य बृद्धि भएको छ। हिजो (मंगलवार) प्रतितोला छापावाला सुनको मूल्य ८५ हजार ६०० रहेको थियो। भने आज तोलामा ६ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७५० रहेको छ। मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ। मंगलवार चाँदीको मूल्य १२ सय ५५ रहेको थियो। आज प्रतितोला चाँदी १२ सय ७० कायम भइ कारोबार भइ महासंघले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्