नेकपा ऋषि कट्टेललाई दिने सर्वोच्चको फैसला

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडौं। ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता दिएको छ। नेकपा आधिकारिकताको विवाद सम्बन्धी मुद्दाको टुंगो लगाउँदै सर्वोच्च अदालतले कट्टेलको नेकपालाई मान्यता दिएको हो।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतवार फैसला सुनाएको हो। नेकपाका दुई समूहबीच आधिकारिकताको विवाद चलिरहँदा सर्वोच्च अदालतको फैसला आएको छ।

केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाको वैधानिकता भने यो फैसलासँगै सकिएको छ। यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ। प्रधानमन्त्री केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध ऋषि कट्टेल २०७५ मङ्सिर २१ गते रिट निवेदन दायर गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्