काठमाडौँ। नेपाली बजारमा बिहीबार मूल्य सामान्य वृद्धि भएको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार भने तोलमा ५०० ले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा ८६ हजार १०० रहेको छ। छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन पनि तोलामा ५०० ले नै उकालो लागेको छ। तोलामा ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा एक हजार २५० मा कारोवार भएको महासंघले जनाएको छ।



लोकपाटी न्यूज
