डा. भट्टराई अस्पतालबाट आज डिस्चार्ज हुँदै

Baburam-bhattrai pic
लोकपाटी न्यूज

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। त्रिवि शिक्षण अस्पतालबाट आजै डिस्चार्ज हुने पारिवारिक स्रोतले जनाएको छ।

बिहीबार कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप लगाएपछि डा. भट्टराईलाई १ सय ४ डिग्री ज्वरो आएपछि त्रिवि शिक्षण अस्पताल टिचिङमा भर्ना भएका थिए। हाल उनको स्वास्थ्य अवस्था सुधार भएकाले आजै अस्पतालबाट डिस्चार्ज हुने पारिवारिक स्रोतले जनाएको हो।

भट्टराईलाई दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण गर्दा न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएसँगै मंगलबार स्वदेश फकिएका हुन्।