विष्णु पौडेलको गाडीमा ढुंगा प्रहार, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

bishnu-paudel butwal
लोकपाटी न्यूज

बुटवल। कडा सुरक्षाबीच रूपन्देहीको मोतीपुरमा रहेको औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेलको गाडीमा ढुंगा प्रहार भएको छ। कार्यक्रम स्थलमा स्थानीयले विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शन अहिले पनि जारी छ। कार्यक्रम स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। स्थानीयको विरोधका बीच अर्थमन्त्री पौडेलले औद्यागिक क्षेत्र शिलान्यास गरेका छन्।

वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयको व्यवस्थापन नगरी औद्योगिक कोरिडोरको शिलान्यास गर्न लागेको भन्दै कार्यक्रमस्थलमा स्थानीयले नाराबाजी र धर्ना दिएका थिए। स्थानीयको नाराबाजीका बीच ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर कोरिडोरको शिलान्यास गरिएको हो । बल प्रयोग गरेर जबरजस्ती कोरिडोरको शिलान्यास गरेको भन्दै स्थानीयले कार्यक्रमस्थलमा प्रहरीले ढुङ्गामुडा गरेका छन्। स्थानीयको ढुङ्गा प्रहारबाट एक सशस्त्र प्रहरी घाइते भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्