ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

biplab pic
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। आज बिहान नवलपरासीबाट काठमाडौँ आएका विप्लव सोझै बालुवाटार प्रवेश गरेका हुन्। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार गएका छन्।

सरकार र विप्लव नेकपाबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत् शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो। उक्त सहमतिबारे बिस्तृत विवरण आज सार्वजिनक गर्ने तयारी रहेको छ। राष्ट्रिय सभागृहमा दिउँसो २ बजे आयोजना हुने उक्त समारोहमा विप्लव र प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।