काठमाडौँ। विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक हजारले घटेर ८६ हजार ५ सयमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाला सुन तोलाको ८७ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ५० रहेको छ। त्यसैगरी आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।



लोकपाटी न्यूज
