काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। कम्पनीले एक विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। कम्पनीले सहायक प्रमुख, कानुनी प्रमुख, कार्यकारी सहायक र सहायक पदका लागी कर्मचारी माग गरेको हो। कम्पनीले सहायक प्रमुखको लागी सम्बन्धी काममा ७ वर्षको अनुभव भएको र कम्तीमा पनि ३ वर्ष कुनै पनि कम्पनी,बैंक वा फाइनान्समा काम गरेको अनुभव हुनुपर्ने बताएको छ। आवेदक कम्तीमा पनि कानुनमा स्नातकोत्तर गरेको हुनुपर्नेछ भने उमेर ४५ बर्षभन्दा कम हुनुपर्नेछ।
कानुन प्रमुखका लागि सम्बन्धी निकायमा ५ वर्षे अनुभव हुनुपर्ने तथा कम्तीमा ३ वर्ष कुनै पनि बैंक, कम्पनी वा फाइनान्समा काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ। तयस्तै सो पदका लागि कानुनमा स्नातकोत्तर गरेको हुनुपर्ने पनि बताएको छ। कम्प्युटरमा विशेष ज्ञान हुनुपर्ने र अन्तरक्रियामा प्रख्यात रहनुपर्नेछ। त्यस्तै कार्यकारी सहायकका लागी सम्बन्धी निकायमा कम्तीमा पनि ३ वर्षको अनुभव रहनुपर्ने तथा शिक्षा तर्फ एमबीए गरेको हुनुपर्नेछ। कम्प्युटरमा विशेप ज्ञान हुनुपर्ने र अन्तरक्रियामा प्रख्यात रहपर्ने मापदण्ड पनि कम्पनीले तोकेको छ। भने सहायक पदको लागी वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरेका व्यक्तिले आवदेन दिनसक्नुपर्ने बताएकाे छ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अनलाइन माध्यमबाट (मार्च १२) फागुन २८ गते शुक्रबासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
हेर्नुहोस सूचना:-




लोकपाटी न्यूज

