सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन

Subash-nemwang
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले संसदीय दलको उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई निर्देशन दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई राजीनामा दिन निर्देशन दिएका होे। पेरिसडाँडामा अहिले केन्द्रीय कमिटीको बैठक जारी छ। प्रतिनिधिसभा पुनःस्थापनापछिको रणनीति तय गर्न बैठक जारी छ।