पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीले गरे प्रदर्शन

pic 1
लोकपाटी न्यूज

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका छन्। नेपाल आयल निगमअगाडि संयुक्त विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढेको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु. ११६ कायम भएको छ। यस्तै, डिजल र मट्टीतेल प्रतिलिटर रु. ९९ कायम भएको छ। यस्तै हवाई इन्धन आन्तरिक उडानतर्फ साबिकको प्रति लिटर बिक्री मूल्यमा रु पाँचले वृद्धि गरी ७२ रुपैयाँ कायम गरिएको छ।