काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो।
बैठक दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जानकारी दिएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद बैठक आह्वान गरेकी छन्। संघीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ सांसद छन्। जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन्।



लोकपाटी न्यूज

