काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठकपछि राजनीतिक संक्रमण पार लाग्ने दाबी गरेका छन्। अध्यक्ष प्रचण्डले अब राजनीतिक संक्रमण लामो समय नजाने बताएका हुन् ।
‘आवश्यक न्यूनतम समय लाग्ला, ऐन कानुन नियम अनुसार प्रक्रियाका लागि केही समय लाग्ला यो लामो समय भने जाँदैन। २३ गतेपछि सबै क्लियर हुन्छ,’ प्रचण्डले भने। उनले सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको र यसले राजनीतिललाई सही मार्ग डोर्याउने संकेत दिएको बताए।
सर्वोच्चको फैसलाले निरंकुशता, स्वेच्छाचारिता र दम्भ पराजित भएको उनको भनाइ थियो। बुधबार सिभिल अस्पतलमा कोरोना खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रचण्डले मानव जातिले भाइरस विरुद्ध जित हासिल गरेको बताए। खोप लगाएपछि केहीबेर खोप केन्द्रमा रहेको आराम कक्षमा बसेका उनले पत्रकारसँग सामन्य कुराकानीसमेत गरेका थिए।



लोकपाटी न्यूज

