विप्लवसँग वार्ताको लागी समिति गठन गर्नु सकारात्मक : काङ्ग्रेस

Nepali Congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि सरकारले वार्ता समिति गठन गर्नु सकारात्मक भएको जनाएको छ। कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन सकारात्मक भएको उल्लेख गर्दै इमान्दार वार्ताबाट समाधानमा पुग्‍न आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नुपर्ने मान्यतामा दृढ रहँदै आएको छ । सरकार र विप्लव समूहले इमान्दारितापूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्‍नेछन् भन्‍नेमा नेपाली कांग्रेसले विश्‍वास लिएको छ।

सरकारले मंगलबार दिउँसो गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेको छ । त्यसैगरि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो।