काठमाडौं। पत्रकार विकास श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। सोह्रखुट्टे प्रहरी चौकीमा थुनिएका अभियन्ताहरूको अन्तर्वार्ता लिन गएका पत्रकार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको हो।
फ्रि प्रेस नेपालका संस्थापक सम्पादक जेबी पुन मगरले उनको तुरुन्त रिहाइ गर्न माग गरेका छन्। पुन मगरले भनेका छन्, ‘पत्रकारलाई आफ्नो कर्म गर्न रोक लगाउने तिम्रो तुच्छ कार्यको घोर भर्त्सना गर्दछु।’
यही फागुन २२ गते बालाजु बाइपास क्षेत्रमा सडक विस्तार गर्ने क्रममा अन्यायपूर्ण भएको भन्दै विरोधमा उत्रिएका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ भने उनीहरूलाई भेट्न जाने अन्य २ जनालाई पनि मातृभाषामा कुरा गरेको आरोपमा हिरासतमा राखिएको छ।



लोकपाटी न्यूज
