ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेका छन् : गोकर्ण विष्ट

gokarna-bista
लोकपाटी न्यूज

गुल्मी। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएको बताएका छन्। नेता विष्टले प्रधानमन्त्री ओली पदको लोभले कुर्सीमा बसिरहेको बताए।

नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने बताए।

‘प्रधानमन्त्री ओली एक मिनेट पनि सत्तामा बस्नलायक हुनुहुन्न, सर्वोच्च अदालतले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बस्नु नैतिकता होइन, उनले भने।
विष्टले नेकपाको आधिकारिताको पुष्टि आफूहरुतिर रहेका बहुमत केन्द्रीय सदस्यहरुले गर्ने बताए।

पार्टी भनेको व्यक्ति नभएर बहुमत भएको बताउँदै विष्टले निर्वाचन आयोगले पनि त्यसैलाई हेरेर आधिकारिता प्रदान गर्ने र सूर्य चुनाव चिह्न आफूहरुले पाउने विश्वास व्यक्त गरे।