प्रधानमन्त्री ओलीसँग नैतिकताको ’न’ पनि छैन : प्रकाशमान सिंह

Prakashman singh
लोकपाटी न्यूज

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकताको आस गर्नु बेकार भएको बताएका छन्। काठमाडौंमा शनिबार एक कार्यक्रममा बोल्दै सिंहले प्रधानमन्त्री ओलीसँग नैतिकताको ’न’ पनि नभएको बताएका हुन्।

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद भंग गर्ने प्रधानमन्त्री ओली कुनै नैतिकताका आधारमा त्यहि संसदमा मुख देखाउने भने सवाल उठेको उनले बताए। सिंहले प्रधानमन्त्री ओलीसँग लाज सरम नभएको बताए। अहिले परिस्थिति आउनुमा जनता पनि उत्तिकै जिम्मेवार रहेको भन्दै ठुला कुरा गरेका भरमा मत दिएर पठाएकाले गलत ब्यक्तिको हातमा शासन सत्ता पुगेको सिंहले जिकि गरे।

राजनीति सेवाभावले गरिनु पर्नेमा कमाउ पेसा बन्नु दुखद् कुरा हो भन्दै केही दल र नेताका कारण सिङ्गो राजनीति प्रणालीमाथि प्रश्न चिन्ह खडा भएको सिंहको भनाइ छ। अहिलेको सरकार चारैतिर भ्रष्टाचारले घेरिएको भन्दै उनले पाएको अवसर सदुपयोग गर्न नसक्ने आदर्शका कुरा गर्नु लाजमर्दो भएको उनले बताए।