विप्लव नेकपाका ३ कार्यकर्ता पक्राउ

biplob
लोकपाटी न्यूज

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना नेता पक्राउ परेका छन्। शनिबार प्रहरीले सप्तरी जिल्लाका जनसत्ता प्रमुख बनरझुल्लाका आदर्श भनिने ५२ वर्षीय रामनाथ मण्डल, राजविराजका उदय भनिने उदयनाथ मण्डल र सप्तरीका २५ वर्षीय रामकृष्ण मण्डल लाई सप्तरी बाट पक्राउ गरेको हो।

व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधिसँग चन्दा माग्दै धम्की दिने गरेको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।