काठमाडौँ। सुनको उतारचढाव कायमै रहेको छ। बुधबार प्रतितोला ८९ हजार ८ सयमा कारोबारमा कारोबार भएको सुन बिहीबार प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको छ। यो अघिल्लो दिनको तुलनामा ५ सयले कम हो रहेको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
महासंघका तथ्याङ्क अनुसार बुधवार तोलामा ३ सयले गिरावट आइ प्रतितोला सुन ८९ हजार ८ सय कायम भइ कारोबार भएको थियो। त्यस्तै बुधबार चाँदी प्रतितोलाको मूल्य अगिल्लो दिनकोभन्दा १५ रुपैयाँले गिरावट आएको थियो। मंगलवार चाँदीको मूल्य १३ सय ६० रहेको थियो भने बुधबार मूल्य कमि भइ मूल्य १३ सय ४५ कायम भइ कारोबार भएको थियो।



लोकपाटी न्यूज
