काठमाडौं। नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ। नेकपा स्थायी समिति बैठक दिउँसो ३ बजेबाट सुरु भएको थियो।
पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
स्थायी कमिटी बैठक अघि प्रचण्ड-माधव कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए। त्यस भेटघाटका विषयसहित आगामी पार्टीले लिने रणनीतिमा छलफल हुने बताइएको छ।
स्थायी कमिटी बैठक लगतै उनीहरूको संसदीय दलको बैठक दिउँसो ४ बजे बस्ने भएको छ। यसअघि आजै प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।



लोकपाटी न्यूज

