प्रधानमन्त्रीको जन्मदिनमा फैसला गर्नु गलत छ : कृष्णगोपाल श्रेष्ठ

KrishnaGopal_Shrestha
लोकपाटी न्यूज

भक्तपुर। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने बताएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजिनामा नदिने दोहोर्‍याए।

उनले भने, ‘राजिनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजीनामा आउँदैन। प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ। संसद सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए।

उनले भने, ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ, ‘सिटिइभीटीको ३३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘हामी जनताबाट आएका हाैं, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्याङ्कन गर्नेछन्।

‘संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे। अबको प्रधानमन्त्री पनि केपी ओलीनै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ’ उनले भने।

हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौं, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउदा गलत भएको छ। अदालतको फैसलापछिको विश्लेषण गर्दै उनले भने, ‘अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ। अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ। हामी मैदानमा उत्रिएका छौं, खेल खेल्ने तयारीमा छौं, हामीले गोल गरेरै देखाउछौं।

हामीसँग नेपालको राजनीतिमा पेले छन्, रोनाल्डो छ, म्यारोडोना र मेसी हामीसँगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छाड्नेवाला छैनौं, हाम्रै जित सुनिश्चित हुनेछ। जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्नेछौं।

नैतिकताको आधारमा मन्त्रीले राजिनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ।

सुन हो कि पित्तल, हिरा हो कि शिसा भनि नक्कली र सक्कली भनी छुट्टयाउन सक्ने क्षमता जनतामा भएको बताउँदै अहिले आन्दोलन गरेर हिड्नेहरु नक्कली उनले दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्