काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ।
सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनर्स्थापना गरेसँगै ओलीको राजनीतिक नैतिकता समाप्त भएकाले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको हो।
वरिष्ठ नेता पौडेलले आफूले सत्यभन्दा माथि कोही शासक माथि हुन नसक्ने टिप्पणी गनुभएको छ।
उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ । सर्वोच्चलाई धन्यवाद !’




लोकपाटी न्यूज

