काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला एतिहासिक र न्यायपूर्ण भएको प्रारम्भिक प्रतिक्रिया दिएकी छन्।
‘सर्वोच्चले न्याय नै गर्छ भन्ने हामीले विश्वास गरेका थियौं त्यहीअनुसार भएको छ,’ उनले भनिन् ‘आज सारा जनताको जित भएको छ। संविधानको जित भएको छ।’ उनले अब संविधान नमान्नेहरूको दिन समाप्त भएको पनि बताइन्।
‘अब संविधान नमान्नेहरूको दिन समाप्त भयो,’ भुसालले भनिन् ‘यो निर्णयले न्यायालयप्रतिको जनताको भरोसालाई पनि अझ जिवन्त बनाइदिएको छ।’



लोकपाटी न्यूज

