काठमाडौं। प्रदेश २ का प्रमुख राजेश झाले आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राखेका छन्। कार्यभार सम्हाल्ने क्रममा प्रमुख झाले पृथ्वीनारायण शाहको तस्बिर कार्यकक्षमा राखेका हुन्।
राष्ट्रिय एकताको प्रतीकको रुपमा पृथ्वीनारायण शाह रहेकोले उनको तस्बिर कार्यकक्षमा राखेको उनले बताए। झाले शिरमा देश मनमा मधेस राखेर काम गर्ने बताए। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पृथ्वीनारायण शाहको तस्बिर आफ्नो कार्यालयमा राखेका हुन्।
राष्ट्र निर्माणमा जसको भूमिका छ उनलाई साक्षी राखेर प्रदेशमा काम सुरु गरेको उनले बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन्।



लोकपाटी न्यूज

