काठमाडाैँ। चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु गर्ने भएका छन्। सोमबार लामिछाने आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।
उनले मंगलबार विहान ११:४५मा यसबारे विभिन्न माध्यमबाट जानकारी दिने बताएका छन्। यसअघि उनले न्युज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाएका थिए।
न्युज २४ टेलिभिजनले सोही नाममा नयाँ प्रस्तोता राखेर कार्यक्रम चलाइरहेको छ।




लोकपाटी न्यूज