काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले ईश्वरी बहादुर केसीको निधनप्रति दुख व्यक्त गरेका छन्। सभामुख सापकोटाले सभामुखको सचिवालयमा प्रमुख स्वकीय सचिवको रुपमा कार्यरत अर्जुन केसी ‘सागर’का पिता ईश्वरी बहादुर केसीको ८१ वर्षको उमेरमा भएको दुःखद निधनले मर्माहत बनाएको बताएका छन्।
सोमबार शोक वक्तव्य जारी गर्दै सभामुख सापकोटाले भनेका छन्, ‘दिवंगत बुवाप्रति भावपूर्ण श्रद्धाञ्जली !!! शोक सन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना। सामाजिक परिवर्तनमा उहाँले पु¥याउनु भएको योगदान सधैँ स्मरणीय रहने छ।ʼ
चितवन भरतपुरस्थित पुष्पाञ्जली अस्पतालमा निमोनियाँको उपचारका क्रममा आज बिहान ८१ वर्षको उमेरमा केसीको निधन भएको हो।




लोकपाटी न्यूज

