कांग्रेसले भन्यो-ओली सरकारको तीनवर्ष दम्भ, द्वन्द्व र भ्रष्टाचार

Biswoprakash shrma
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा सरकारले तीन वर्षमा देशलाई दम्भ, द्वन्द्व र भ्रष्टाचार उपहार दिएको भन्दै व्यङ्ग्य गरेका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको सार समिक्षा यो भन्दा धेरै गरे शब्दकोषको फजुल खर्च हुने समेत बताएका छन्।

ट्विटमार्फत् शर्माले भनेका छन्, ‘नेकपाले देशलाई ३ वर्षमा दिएको ३ उपहार दम्भ, द्वन्द्व र भ्रस्टाचार। आज फागुन ३ मा ३ वर्ष पुगेको सरकारको सार समिक्षा यति नै। शब्दलाई दुःख दिएर शब्दकोषको फजुल खर्च गरिएन जय नेपाल।’

साथै शर्माले जनताका रंगिन सपनाहरुको हवाई उडान पाइलट केपी शर्मा ओलीकै कारण चुँडिएको चंगा जस्तै भएको टिप्पणी गरेका छन्। अहिले जनताले ‘न बिर्सेँ तिमीलाई, नपाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई’ गीत गाएर ओली सरकारप्रतिको निराशा व्यक्त गरिरहेको उनले उल्लेख गरेका छन्।

‘न बिर्सेँ तिमीलाई, नपाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई! ‘३ वर्ष अघि दिएको मत सम्झँदै जनताको एकालापमा आज सायद यहि गीत छ। रंगिन सपनाहरुको हवाई उडान पाइलट केपी शर्मा ओलीकै कारण चुँडिएको चंगा जो भएको छ’, शर्माले लेखेका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ। यो तीन वर्षमा सरकारका उपलब्धीबारे सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस ब्रिफिङ्ग गर्दै छन्।

Capture