काठमाडौं। भारतमा कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि अहिलेसम्म २७ जनाको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो। २४ घण्टामा ३ जनाको कोरोना भ्याक्सिन लगाएपछि मृत्यु भएको हो। उनीहरुले ९ दिनअघि मात्रै भ्याक्सिन लगाएका थिए।
अहिलेसम्म २५ जनाको मृत्युको कारण कोरोना भ्याक्सिन नभएको बताएको छ। उनीहरुलाई अन्य रोग लागेको पनि बताइएको छ। अन्य तीन जनाको भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।



लोकपाटी न्यूज

