काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले फागुन १ गते माओवादी जनयुद्ध दिवस नमनाउने भएको छ। तर सोही दिन ओली पक्षले बुटवलमा शक्ति प्रदर्शनको तयारी भने गरेको छ। शनिबार बुटवलको सिद्धेश्वर मैदानमा आमसभा गरी शक्ति प्रदर्शन गर्न लागिएको हो। सो सभामा दुई लाखभन्दा बढी मानिसको उपस्थित गराउने दाबी गरिएको छ।
रुपन्देहीबाट १ लाख र प्रदेशका अन्य जिल्लाबाट १ लाख मानिस ल्याउने तयारी भईरहेको नेताहरुले बताएका छन्। त्यसका लागि नेकपा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरु खटिएका छन्। माओवादीको जनयुद्ध दिवसकै दिन शनिबार बिहान ११ बजे सभा सुरु हुने जनाइएको छ। सभाअघि गोलपार्क, चौराह, जोगीकुटी, तिनाउ पुल लगायतका स्थानबाट जुलुस निकाल्ने योजना छ।



लोकपाटी न्यूज

