नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरी र नेकपा कार्यकर्ताबीच घम्साधम्सी भएको छ। रामुकमारीको निवासबाहिर प्रहरी र नेकपा कार्यकर्ताबीच धकेलाधकेल हुँदा एक जना घाइते बनेका छन्। घाइतेको परिचय नखुलेको र उनलाई प्रहरीले उपचारका लागि अस्पताल लगेको छ।
अहिले झाँक्रीको निवासबाहिर ठूलो मात्रामा प्रहरी तैनाथ छ भने नेकपाका नेता कार्यकर्ताले झाँक्रीलाई पक्राउ गर्न नदिन नारावाजी गरिरहेका छन्। उनीहरुले प्रहरी दमनका बन्द गर्न माग गर्दै प्रधानमन्त्री ओलीविरुद्ध नाराजुलुस गरेका छन्। त्यसपछि आक्रोशित नेकपा र नेकपाको जनसंगठनका नेता-कार्यकर्ता जुलुस लिएर घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । उनीहरुले राष्ट्रपति, प्रधानमन्त्री र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
शंखमूलस्थित उनको घरको प्रांगणमा नाराबाजी भइरहेको छ । प्रहरीले झाँक्रीलाई अहिलेसम्म पक्राउ भने गरिसकेको छैन ।



लोकपाटी न्यूज

