सुनको मूल्यमा सामान्य गिरावट

लोकपाटी न्यूज

काठमाडौं । सुनको मूल्यमा सामान्य गिरावट आएको छ। अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव हुँदा यसको असर स्थानीय बजारमा देखिएको हो। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ सय रुपैयाँले घटेको छ।

बिहीबारका लागि बजार मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा स्थिर रहेको थियो ।

यसैगरी चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी पनि प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा स्थिर रहेको रहेको थियो। अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८३६.०२ डलर र चाँदी प्रतिऔंस २६ .८३ डलर मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्