१५ सयले बढ्यो सुन, कतिमा हुदैछ कारोबार?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकेको छ। सोमबार उक्त सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ थियो।

आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ। यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ। सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबारका लागि १ हजार ३४० रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्