नेकपा फुट्नुको एक कारण नै बामदेव हुन्: हरिबोल गजुरेल

Haribol Gajurel
लोकपाटी न्यूज

नेकपा फुट्नुको कारणमध्ये बामदेव पनि एक रहेको नेकपा प्रचण्ड-नेपाल पक्षका नेता हरिबोल गजुरेलले बताएका छन्। एक राष्ट्रिय टिभीलाई अन्तर्वार्ताकाे क्रममा उनले यस्तो बताएका हुन।

चुनाव हारेको मान्छेको प्रधानमन्त्री बन्ने लालचाको कारण नै पार्टी फुटेको उनको आरोप छ। उनी प्रमुख कारण नभए पनि निमित्त कारण भएको उनले बताए। ‘संविधान सम्साेधन गरेर राष्ट्रिय सभामा गएर भएपनि प्रधानमन्त्री बन्ने जुन लालचा उहाँले राख्नुभयो त्यसले पनि पार्टी फुट्न सहयाेग गर्याे।’ उनले भने।

पार्टीमा विवादको सुरुवात नै बामदेवको कारण भएकोले उनले आत्मालोचना गर्नुपर्ने पनि उनको ठहर छ। ‘उनले चाहेमा पार्टी विभाजन रोक्न सक्थे।’ उनले ढुलमुले प्रवृत्ति  नदेखाएको भए  पार्टी जोगाउन सक्ने उनको बुझाइ छ। बामदेव निमित्त कारण भएपनि प्रमुख कारण पार्टी अध्यक्षहरू नै भएको उनको ठम्याइ छ।

कहिले यता लाग्ने कहिले उता लाग्ने उनको प्रवृत्तिले पार्टीमा समस्या ल्याएको पनि उनले बताए। ‘उनी अडिएको भए र चुनाव हारेको मान्छेले लालसा त्यागेको भए, पार्टी बचाउन सक्थे।’ उनले भने, ‘राष्ट्रिय सभामा आइसकेपछि पनि उनले यत्रा मुद्दा हुदाहुदै,  पार्टीमा यत्रा मान्छे हुदाहुदै प्रधानमन्त्री हुनाको लागी एउटा व्यक्तिको लागी संविधान संशोधन गर्ने जस्ता कामहरू गर्न थाले।’

उनले यस्ता भूमिकाबाटै आफ्नै इतिहास सिद्धाएको उनी उनको ठहर छ। ‘उनी कतै पनि नलागेर पहिल्यै पार्टी एकताको पक्षमा लागेको भए पार्टी फुटबाट बचाउन सक्थे।’ उनले भने।

उनले अहिले फेरी पाटी एक गराउँछु भनेर लाग्नु हास्यास्पद रहेको पनि उनले टिप्पणी गरे। ‘जसको कारणले पार्टी विभाजन भयो, उही पार्टी एक गराउँछु भन्नु हास्यास्पद हो, उनले यस्तो भन्नै सुहाउँदैन, बरु हामीले यस्तो भन्न सुहाउँछ।’ उनले भने।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्