फरवार्ड लघुवित्त लिमिटेडको साधारण सभा फागुन २१ गते

लोकपाटी न्यूज

काठमाडौं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औं वार्षिक साधारण सभा फागुन २१ गते बोलाएको छ। माघ २५ गतेको सञ्चालक समितिले सभाको मिति तय गरेको हो। नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सूचनामा बिहान ११ बजे सभा गर्ने भनिएपनि स्थान भने खुलाईएको छैन।

कम्पनीले फागुन ५ गते नै बुक क्लोज गर्ने जानकारी दिएको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागी बुक क्लोज गरेको हो। बुक क्लोजको आधारमा फागुन ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। यस वर्ष कम्पनीले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश समेत सभाले पारित गर्नेछ। हाल कम्पनीको चुक्तापूँजी ५० करोड ४ लाख १५ हजार छ। सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्